आज असार २ गते सोमबार, कस्तो होला तपाईको भाग्य ?

आजको- पञ्चाङ्गवि.सं. २०७६ असार २,सोमबार, इ.स. २०१९ जुन १७,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व,ज्येष्ठ शुक्लपक्ष, पूर्णिमा, १३:४७ उप्रान्त प्रतिपदा, नक्षत्र– ज्येष्ठा, ११:०६ बजेउप्रान्त मूल,योग– शुभ, २०:१८ बजेउप्रान्त शुक्ल,करण– वव, १३:४७ बजेदेखि वालव, २५:५१ बजेउप्रान्त कौलव, आनन्दादिमा पद्म योग, चन्द्रराशि– वृश्चिक, ११:०६ बजेउप्रान्त धनु, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ३५ पला।व्रत/पर्व- मष्टाे पूर्णिमा,मन्वादि, गैडु पूजा, पनौतीमा भैरव, भद्रकाली, इन्द्रेश्वर रथयात्रा,पनौती स्नान, ज्यापुन्ही, सदगुरु कविरदास जयन्ती । 

आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ । 

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,आजको शुभ अंक ३ रहेको छ । 

null

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ,चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –व्यापार व्यवसाय मध्यम रहेको छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *