सुनको सिक्री लुटी फरार युवक पक्राउ
२०७६ असार १० गते

सुनसरी, १० असार । सुनसरीको धरानमा दिनदिनै मर्निङ वाकमा हिडने सुनका गररगहाना लगाएका महिलाहरु लुटिने क्रम बढदै गएको छ । यसैक्रममा आज बुधबार पनि बिहानै सुनको सिक्री लुटी भागेका दुई युवकलाई प्रहरीले सिक्री सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानले सुनको सिक्री सहित धरान २ का २० वर्षिय राम कुमार दर्लामी मगर र १८ वर्षिया बिनोद राईलाई पक्राउ गरेको हो । धरान १५ ज्ञानक्षछु मार्गकी ४० वर्षिया कमला गौतमले लगाएको अढाई तोलाको सुनको सिक्री लुटी भागेका थिए ।
null
सिक्री लुटपाट भए लगतै भाग्दै गर्दा उनीहरुलाई धरान १५ स्थित मेरी गोल्ड स्कुल नजिकै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मगर र राईलाई जबरजस्ती चोरी मुद्दा अन्तर्गत कारवाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








