महिला पुलिसलाई जलाएर हत्या, हत्याको आरोपी आईसीयूमा भर्ना

 

असार १, भारत ।  भारतको केरलमा एक महिला पुलिस अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । 

 उनीमाथि हमला गर्ने ट्राफिक पुलिसको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन् । आरोपी पुलिसकर्मी अलप्पुझा मेडिकल कलेजको आईसीयूमा भर्ना छन् । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । 

null

मीडिया रिपोर्टका अनुसार ३२ वर्षकी सौम्या पुष्करन सिभिल पुलिस अधिकारी थिइन् । उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम पुलिस स्टेशनमा तैनात थिइन् । एक पुलिस अधिकारीले दिएको जानकारी अनुसार सौम्या पुलिस क्याडेट क्याम्पबाट ड्यूटीपछि घर फर्किरहेका बेला उक्त घटना भएको हो । 

भारतीय संचार माध्यमका अनुसार घटना अघि मावेलिक्करा इलाकेमा आरोपी सिपाही एजाजले सुरुमा उनकी कारलाई स्कूटरले ठक्कर दिए । जब सौम्याले कारबाट निस्किएर भाग्ने कोसिस गरिन् तब आरोपीले उनलाई चक्कुले थुप्रै पटक हमला गरे । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिए । 

सौम्या तीन सन्तानकी आमा थिइन् । श्रीमान् कामको सिलसिलामा विदेशमा भएको बताइन्छ । 

पुलिसका अनुसार हमलामा सौम्याको तत्काल मृत्यु भयो । महिला अधिकारीको घाँटीमा चाकूको निशान पनि भेटिएको जानकारीमा उल्लेख छ । घटनामा आरोपी सिहापी पनि निकै जलेको बताइन्छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *