प्र्याङ्क भिडियो बनाउँदा १५ महिनाको जेल

 

जेठ २१ ।  एक युट्युबरले घरबार बिहिन एक व्यक्तिलाई बिस्कुट दिए जसमा क्रिमको साटो मञ्जन थियो । यसका लागि उनलाई १५ महिनाको जेल सजाय तोकिएको छ । 

न्यूयोर्क टाइम्सका अनुसार स्पेनका युट्युबर केन्गुहा रेनलाई अदालतले पीडितको सम्मान र नैतिकतामाथि ठेस पुर्‍याएको मामलामा दोषी पाएको छ । यो घटना सन् २०१७ को हो । 

null

अदालतले उनलाई युट्युब च्यानलसमेत बन्द गर्न निर्देशन दिएको छ र सन् २०२४ सम्म कुनै भिडियो पोष्ट गर्न प्रतिबन्ध लगाएको छ । रेनले २० हजार युरो (२४ लाख बढी) क्षतीपूर्ती पनि दिनुपर्नेछ । 

यद्यपी, न्यूयोर्क टाइम्सका अनुसार रेनले सायदै जेल जानुपर्छ किनभने स्पेनको अदालतले पहिलो गल्तीमा यदि दुई वर्षभन्दा कमको सजायलाई तोकिएको छ भने त्यसमा माफी दिने प्रचलन छ । यसका साथै उनले कुनै हिंस्रक गल्ती नगरेका कारण पनि उनी सायद जेल जानुनपर्ने स्रोतले बताएको छ । 

घरबारबिहिन पीडितको नाम जोर्ज एल बताइएको छ जो बार्सिलोना जानुअघि गोठालोको रुपमा काम गर्दथे । अदालतमा प्रस्तुत गरिएको दस्तावेज अनुसार उक्त प्र्याङ्क भिडियोमा विज्ञापनमार्फत उनले दुई हजार युरोसमेत कमाएका थिए । 

अदालतले रेनले कमजोर व्यक्तिसँग यस्तो ठट्टा गरेको यो पहिलो घटना नभएको पनि जानकारी दिएको छ । उक्त भिडियोमा पीडितले बान्ता गरेको पनि देखाइएको छ । भिडियोका लागि मानिसहरुले रेनको निकै आलोचना पनि गरेका थिए । 

रेनले बढ्दो आलोचनाका कारण भिडियो डिलिट गर्दै पीडितलाई २० युरो दिएर मद्दत गर्न चाहे । पछि रेनले पीडितलाई कुनै पनि कानुनी कारवाही नगर्नका लागि तीन सय युरोको पनि अफर दिएका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =