एकआपसमा मोटरसाइकल ठोकि‌ंदा दुई जनाको मृत्यु

काठमाडौं, १२ असार । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकआपसमा मोटरसाइकल ठाेकि‌ंदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना ५३ प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो । 

 

दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । रासस 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *