निर्माणाधीन भवन भत्किँदा १५ जनाको मृत्यु, २४ घाइते

असार ८, काठमाडौं । कम्बोडियास्थि एक निर्माणाधीन भवन भत्किँदा १५ जना कामदारको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 

कम्बोडियाको तटीय नगर सिहानुकभिलमा चिनियाँ कम्पनीको ठेक्कामा निर्माण हुँदै गरेको एउटा ७ तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

२४ घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सो स्थानका प्रमुख प्रशासकका अनुसार भवन निर्माणस्थलमा झन्डै ५० जना मजदुर कार्यरत थिए । 

null

भवनको भग्नावशेषमा अन्य केही व्यक्तिहरु फसेको हुनसक्ने बताइएको छ । फसेका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको छ । 

भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन्। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *