चितवनमा चुनौती भएपनि चाहनाले आएको हुँः एसपी मल्ल

 

जेष्ठ २० चितवन । चितवनको सुरक्षा अनुभुती गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानवहादुर मल्लले आफु चितवन चाहनाले आएको वताएका छन् । 

रत्ननगर उद्योग वाणिज्य संघ संरक्षण समितिले सोमवार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा एसपी मल्लले चितवन काम गर्ने चाहना भएकाले यहाँ आएको वताएका हुन् । 

null

चितवन चुनौती रहेको जिल्ला हो एसपी मल्लले भने – चुनौती हुँदा हुँदै पनि यहाँ काम गर्ने चाहना भएकाले आफैले रोजेर आएको हुँ । चितवनमा कहाँ कतिखेर के हुन्छ भन्ने थाहा हुँदैन उनले थपे – आफ्नो अवधिभर नागरीकको सारथी वनेर काम गर्नेछु । प्रहरी निरीक्षक हुँदा चितवन वसेर काम गरिसकेको एसपी मल्ललाई अनुभव छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनको अंगरक्षकको रुपमा काम गर्दा कयौँ पटक चितवन आईसकेका थिए । 

गोन्द्राङ ढाटमा भएको घटनालाई नसोचिकन भएको घटना भएको भन्दै एसपी मल्लले त्यस्ता घटनाबाट पाठ सिक्नु पर्ने वताए । इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय संचालन गर्ने वातावरण तयार पार्ने प्रतिवद्धता जनाए । टाँडी वसाईका क्रममा कसैले प्रश्न चिन्ह खडा गर्ने गरी काम नगर्ने उनको वचन थियो । 

रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल कर्मचार्यले कसैलाई अन्याय नहुने गरी काम गर्न सुझाव दिए । पूर्व अध्यक्ष दिपक कर्मचार्यले पूर्वी चितवन चितवनको एउटै जिल्ला भएर पनि धेरै कुरामा अध्यारो कोठा जस्तो भएको वताए । पूर्व अध्यक्ष कर्मचार्यले गोन्द्राङ ढाटका कारण पूर्वी चितवनवासीहरुले अपहेलित भएको महसुस गर्नु परेकाले ढाटलाई जिरो किलो मिटरमा सार्नका लागि पहल गर्न आग्रह गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *