एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ । वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो । 

 

कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आज नै नतिजा सार्वजनिक हुने जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

null

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *