सरकारको अनुमतिविना कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थालाई प्रतिबन्ध

असार ५, काठमाडौं । अब गैरसरकारी संस्थाहरुले स्थानीय तहमा सरकारको अनुमतिविना कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।
सरकारले अनुमतिविना स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
null
बिहीबार काठमाडौंमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो कुराको जानकारी गरााएका हुन् ।
सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको भनाइ छ । मन्त्री पण्डितले स्थानीय तहमा नागरिकको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि जानकारी दिए ।
उहाँले स्थानीय तहलाई नागरिकको कामप्रति जवाफदेही बनाउन सरकारले यो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले संघीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई नागरिकको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागि परेको पनि दाबी गरे ।








