शास्त्रले भन्छ यी दुई राशीको प्रेम सम्बन्ध वा विवाह अती उत्तम

एजेन्सी । हामीले कुनै पनी कार्य गर्दा शास्त्र अनुसार गरियो भने धेरै नै उत्तम हुनेछ । शास्त्र अनुसार गर्दा हाम्रो जिवन सुखमय हुन्छ । धेरै व्यक्तीहरुले यी कुरालाई विश्वास नगर्ने हुन्छन् र पछी पछुतो मान्ने हुन्छन् । पछी पछुतो मान्नु भन्दा अगाडी नै सजक भएर कुनैपनी कार्य गर्दा शास्त्र अनुसार गरेमा जिवन धेरै राम्रो बन्नेछ ।
जस्तै विवाह गर्दा होस या कसैसँग प्रेम सम्बन्ध होस् हामीले कुन राशीको व्यक्तिलाई कुन राशीको ठिक हुन्छ भनेर शास्त्र अनुसार गरेमा उनीहरुको दाम्पत्य जिवन या फेरी प्रेम सम्बन्ध जिवन सुखमय हुन्छ । कुन राशीका व्यक्तिले कुन राशीको व्यक्तिसँग प्रेम सम्बन्ध वा विवाह गर्दा उत्तम हुन्छ भन्ने बारेमा केही कुरा तल बताईएको छ ।
null
मेष र कुम्भ यी दुई राशि भएका जोडि एकअर्काप्रति निकै आकर्षीत हुने गर्दछन् । दुबैले हरेक समय एक अर्कासँग साथमा रहन मन पराउने गर्दछ ।
सिंह र तुला यी दुबै राशि भएका व्यक्ति सामाजिक रुपमा जोडिन जोडिन मन पराउने खाले हुन्छन् । मानिसका बीचमा मुख्य आकर्षकका रुपमा देखिने गर्दछन् ।
मिथुन र तुला यी दुई राशि भएका जोडि एक अर्काका लागि निकै राम्रो मानिन्छ । फिजिकल होस् वा मेन्टल, धेरै कुरा दुबैको एकदमै मिल्ने खाले हुन्छ ।
वृष र कन्या यी दुई राशि भएका व्यक्तिलाई घर परिवार र स्थितरता आवश्यक हुने गर्दछ । त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई बुझने खाले हुन्छन् ।
सिंह र धनु धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएका व्यक्तिको आत्मविश्वास एकदमै मन पर्ने गर्दछ । र यी दुबैले एक अर्कालाई समय समयमा सहयोग गर्ने गर्दछन् ।
मिथुन र कुम्भ यी दुई राशि भएका व्यक्ति एक अर्काप्रति निकै आकर्षक हुने गर्दछन् । साथै जीवनका हरेक उतावचडाव सँगै मिलेर पार गर्ने गर्दछन् ।
कन्या र मकर यी राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुने गर्दछन् । र आपसमा कहिलै झुट नबोल्ने खाले हुन्छन् । यिनीहुनेको सम्बन्ध निकै बलियो हुने गर्दछ ।
वृष र वृश्चिक यी दुई राशि भएका व्यक्तिका बीचमा कहिलै पनि नेतृत्वका विषयमा कुनै झगडा हुन्दैन् । अर्काको निर्णयको सम्मान गर्ने गर्दछन् ।








