सात वटै प्रदेशमा ‘हरित रोजगार कार्यक्रम’ लागु हुने

 

काठमाडौँ, २० जेष्ठ । रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु बिदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लािग र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा हरित रोजगार कार्यक्रम लागु हुने भएको छ । 

दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका बिभिन्न ७ संस्थाको सहकार्यमा उक्त हरित कार्यक्रम लागु हुन लागेको हो । 

null

आयोजक संस्थाहरुका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट सुरु हुनेगरि नेपालको ७ वटै प्रदेशका सामुदायिक वनहरुमा यो कार्यक्रम लागु हुने भएको हो । योजनाको सुरुवाती चरणमा अछाम, कालिकोट, नवलपरासी, तनहँु र काठमाडौँको बुढानिकण्ठमा लागु हुने र बिस्तारै सवै जिल्लाका खाली सामुदायिक वन क्षेत्रमा विस्तार गर्दै जाने जानकारी गराइएको छ । 

डानारका संस्थापक अध्यक्ष सुनिलकुमार परियारले योजनाबाट एक ब्यक्तिले प्रति महिना कम्तिमा पाँच हजार रुपैयाँ कमाउन सक्ने गरि कार्यक्रमको अवधारणा लागु हुने जानकारी गराए । 

वेरोजगारी देशको प्रमुख समस्या रहेको बताउदै सामुदायिक वनको खाली जग्गालाई सदूपयोग गरि रोजगार बनाउने आफ्ना संगठनको पहल रहेको उनको भनाई छ । 

काठमाडौँको बुढानिलकण्ठ क्षेत्रपनि यो समस्याबाट टाढा नरहेकोे बताउँदै उनले प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नामक संस्थाले यस क्षेत्रमा प्राकृतिक श्रोत, पानी, वन आदिलाई उपयोग गर्दै ५ हजार जनालाई रोजगारी दिनका लागि काम गर्ने निर्णय गरेको जानकारी गराए । 

बुढानिलकण्ठ क्षेत्रमा भएका क्लब, बैंकिङ्ग क्षेत्र, फाईनान्स, धनाढ्य ब्यापारी, उपभोक्ता समूह, महिला समूह आदीलाई परिचालन गर्दै एक घरको कम्तिमा दुई जनालाई रोजगारी उपलब्ध गराउने आफुहरुकोे लक्ष्य रहेको उनको भनाई छ । जसमा एक महिला र एक पुरुष रहनेपनि उनले खुलाए । 

आफूहरु ‘एक घर, दुई रोजगारी’ दिने अभियानमा लागेको पनि उनले स्पष्ट पारे । उक्त योजना सफल पार्न बुढानिलकण्ठ नगरपालिकामा प्रस्तावना पेश गरिसकेको पनि उनले जानकारी गराए । 

हरित रोजगार सम्मेलन गरी लगानीकर्ता, दातृ निकायलाई हरित रोजगारीका क्षेत्रमा लगानी गर्न उत्पे्ररित गर्नु आफुहरुको उद्देश्य रहेको उनको भनाई छ । 

कार्यक्रममा बोल्दै कुशल सरोकारले हरित रोजगार मार्फत पाँच हजार जनालाई रोजगारी दिने र यसका लागि दुई दिने सम्मेलन मार्फत युवालाई उत्प्रेरणा जगाई काम गर्ने वातावरणको सिर्जना गर्न लागेको जानकारी गराए । 

वन कृषिका लागि गाई फार्म, फूलखेती, माछापालनको फार्महरु निर्माण गरी रोजगारी दिने बारेमा सम्मेलनमा छलफल गरिने र खाली जग्गामा हरित रोजगारीका सम्भावनाहरुको खोजी गर्ने उनको भनाई छ । 

प्रत्येक बर्ष दशैं र तिहारमा करोडौ रुपैयाँ बराबरको सयपत्रि तथा मखमली फूलहरु भारतबाट भित्रिरहेको जनाउदै उनले त्यो पैसालाई स्वदेशमै रोक्न र स्थानियलाई पुर्ण रोजगार बनाउन सहयोग पुग्ने विश्वास रहेको बताए । खाली सामुदायिक वनमो बाँस, निगालो, अमृसो तथा अन्य खेती गर्न सकिने बताउदै अदुवा, केरा, फुल आदि लगाउन चाहेमा पनि कानुनी प्रक्रियालाई सरल बनाएर यो काम गर्न सकिने छ । 

कार्यक्रममा बोल्दै युएनका प्रतिनिधि तथा वनविज्ञ शम्भु चर्माकारले यस्ता कार्यक्रमबाट लाभ मिल्नुको साथै नगरपालिका र स्थानिय जनता बिच समधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *