मगर अक्खा लिपी प्रशिक्षण तालिम सम्पन्न
२०७६ असार १५ गते

असार १४, धरान । सुनसरी धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघ धरान सुनसरीको आयोजनामा १५ दिने मगर अक्खा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारी सुबेदीको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन मगर संघ धरान नगर समितीका अध्यक्ष चित्र थापा मगरको अध्यक्षतामा भएको हो । तालिमको समापन कार्यक्रममा प्रशिक्षक शुनिल थापा मगर, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतले सम्बोधन गरेका थिए ।
null
त्यसैगरि कार्यक्रममा धरान नगरभित्रका स्थानीय २० जना बालबालिकादेखि ७० बर्षका बृद्धको समेत सहभागिता रहेको तालिममा सुशिल थापामगर र लिला राणा मगरले प्रशिक्षण दिएका थिए ।
तालिम पश्चात् सहभागी सबैलाई मगर अक्खा लिपि सम्बन्धी किताबका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
२०७६ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








