स्विमिङ पुलमा बोल्ड सम्राजी

असार ११, काठमाडौं । व्यस्त नायिकामा गनिने साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही समय फुर्सद मिलेको छ । फुर्सदको समय उनले परिवारसँग बिताइरहेकी छिन् ।
हालै अशोक शर्माको निर्देशनमा बनेको फिल्म ‘रातो टिका निधारमा’को छायांकन सकेर बसेकी सम्राजी परिवार र साथीहरुसँग स्विमिङ पुलमा देखिएकी छिन् ।
null
पहेँलो रंगको टु पिस स्विमिङ कस्टुममा उनी निकै खुलेकी छिन् ।
उनको तस्विरमा फ्यानहरुले निकै हट–बोल्ड देखिएको प्रतिक्रिया दिएका छन् ।
सम्राज्ञीले ‘ड्रिम्स’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको निकै प्रशंसा गरिएको छ ।
उनी सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहकी छोरी हुन् ।
सम्राजीले ए मेरो हजुर २, तिमी सँग, कायरा लगायतका चलचित्रहरुमा अभिनय गरेकी थिइन् । ए मेरो हजुर २ र ड्रिम्सले राम्रै कलेक्सन गरेको थियो ।
पछिल्लो समय साम्राज्ञीले अभिनय गरेको फिल्म ‘मारुनी’ भदौ १३ गते देखि प्रर्दशनमा आउँदैछ भने ‘रातो टिका निधारमा’ दशैंमा प्रर्दशन हुँदैछ ।








