शैक्षिक गुणस्तर बढाउन तालिम सुरु

जेष्ठ ३१,चितवन । चितवनको खैरहनी नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धीका लागि सरोकारवालाहरुका लागि दुई दिने तालिम शुक्रवारदेखी सुरु भएको छ ।
खैरहनी २ चैनपुर स्थित जनजीवन माध्यमिक विद्यालयमा संचालित रुपान्तरण परियोजना अन्र्तगत नगर भित्रका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधीका लागि तालिम आयोजना गरिएको हो ।
null
खैरहनी नगरपालिकाका शिक्षा अधिकारी महेन्द्र पौडेलले तालिमको उद्घाटन गर्दै शिक्षक, अभिभावक, विद्यार्थीबीचको समन्वयले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धी गर्न सक्ने औल्याए ।
जनजीवन मावि व्यवस्थापन समितिका अध्यक्ष रोहीणी प्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले सामुदायिक विद्यालय प्रति आकर्षण वढाउन विद्यालयको भौतिक संरचनादेखी सिकाई पद्धतीमा जोड दिनु पर्ने धारणा राखे ।
शनिवार सम्म चल्ने तालिममा एपिसेन्टीभ इन्क्याईरीका प्रशिक्षक आरसी लामिछानेले सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व व्यवस्थापनका बारे प्रशिक्षण दिनेछन् । रुपान्तरण परियोजनाले जनजीवन माविमा इकोस्यान शौचालय मार्फत करेसावारीमा मलको प्रयोग, पोषण, जीवन उपयोगी शीप प्रदान गर्दै आएको छ ।








