‘हिन्दु धर्म किनबेचको कोशिस भइरहेको छ, विदेशी धर्मलाई बन्द गनुपर्छ’

 

असार ७, काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको विचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ । 

शनिबार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा विभिन्न पेशा तथा माध्यमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ । 

null

समितिका केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैँबाट सुरुवात गर्नुपर्ने धारणा ब्यक्त गरे । 

आत्म मुल्याङकनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउँदै उनले सरकारले विभिन्न विधेयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए । गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया विधेयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे । 

त्यस्तै कार्यक्रममा बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउँदै लान बेदको जन्म भएको धारणा राखे । 

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउँदै उनले नारायणमा नै संसारिक चरित्र धुमिरहेको बताए । ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’, उनले भने । 

नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राखिन् । 

सरकारले लागु गर्न चाहेको गुठि विधेयक खेदजन्य रहेको बतउँदै खारेजको नाममा जनताको आँखामा छारो हाल्ने काम हुन नहुने पनि भण्डारीले ध्यानाकार्षण गराइन् । 

इन्डो–प्यासेफिकको नाममा अमेरिकी सेनालाई नेपालमा परिचालन गर्ने अभ्यास भईरहको भन्दै हालै पोखरामा भएको अमेरिकी सैनिकको अभ्यासलाई चलखेकै रुपमा आफुहरुले बुझेको पनि उनले बताइन् । विदेशी धर्मलाई नेपालमा बन्द गर्नुपर्ने उनको माग छ । 

‘नेपालको धर्म र संस्कृतिलाई बेच्ने प्रयास भएको छ, धर्म संरक्षणमा लाग्न सबैको ध्यान जाओस्’, उनले भनिन् । 

त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता विजयजंग बस्नेतले आफुले दुई सय दुई वेवारिसे लासहरुलाई हिन्दु धर्म अनुसार अन्त्येष्टि गर्दे आएको बताए । हिन्दुधर्मलाई पैसाले किनबेच गर्ने कोशिस भईरहेको उनको भनाइ छ । 

आफुलाई लासहरुको माया लाग्ने गरेको सुनाउँदै उनले भने, ‘म हरेक लासहरुलाई जिउँदो मान्छे देख्छु । मलाई पनि खाने लाउने, ठुला ठुला मोबाईल बोकेर हिँड्ने रहर नभएको होईन । तर आफ्नो धर्मप्रतिको आस्था र कर्मको विश्वासले मलाई मेरा रहर ठुला कहिल्यै लागेनन् ।’ 

कार्यक्रममा समाजमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =