बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला
२०७६ असार १० गते

काठमाडौं, १० असार । बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको छ ।
null
विप्लव नेतृत्वको पार्टीले आब्हान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् ।
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








