केन्द्रगत परीक्षा प्रणाली नै गलत छ: अध्यक्ष सापकोटा

  

 

असार १३ काठमाडौं । एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनले शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्ताे टिप्पणी गरेका हुन् 

null

उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन ।  सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’ नेपालको शैक्षिक सत्रनै अव्यवहारिक र समयसापेक्ष नभएको उनको धारणा छ । 

 

त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’ 

सरकारले नीतिगत रुपमै शिक्षा क्षेत्रमा विभेद सिर्जना गरेको उनको आरोप छ । उनले भने,‘सामूदायिक विद्यालयमा सरकारले ठूलो साईजमा लगानी गरेको छ, तर, उसको नतिजा हेर्दा परीणाम शुन्य छ । जबसम्म अभिभावकमा जनचेतना, शिक्षण विधि र जवाफदेहिता हुँदैन, तबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन् ।’ 

ढुंगानाले नेपालमा कुन शैक्षिक प्रणाली अपनाउने भनेर एकिनका साथ कार्यक्रम तथा नीति लागु गर्न नसकिएको पनि गुनासो पोखे । उनले थपे,‘नेपालमा शिक्षा प्रणालीबारे जहिल्यैपनि परीक्षणमात्रै गरियो ।’ उनले पनि शैक्षिक क्यालेण्डर सुधार गर्नुपर्नेमा जोड दिए । 

 

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’ 

केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको दाबी गरे । उनले भने,‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ । 

आसेपासेलाई मात्रै नियुक्ती गरिएको हो । त्यहीअनुसार परीणाम आउँछ । हामी राम्रो नतिजा आउने बाटोमा हिँडेकै छैनौं ।’  केसीले मुलुकमा सिपमूलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाप्रति नेपालीहरु बफादार नभएको पनि गम्भिर टिप्पणी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *