शिप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्छः अध्यक्ष पुरी

 

जेठ ३२, विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । 

प्याब्सन विराटनगरले आयोजना गरेको ‘प्याब्सन आँगन’ प्रतियोगिताको विराटनगरमा आज भएको अडिसन राउण्डको उद्घाटन सत्रमा बोल्दै पुरीले विश्व सामुदायसँग प्रतिस्पर्धा गर्न संस्कारसहितको प्रविधि मैत्री शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । 

null

अहिलेको युग प्रविधिको भएको बताउदै पुरीले शिक्षालाई प्रविधिमा जोड्न सकिएन भने अपूर्ण हुने बताए । 

कार्यक्रममा प्याब्सनका विराटनगर नगर अध्यक्ष इन्द्र राई लगायतले कार्यक्रम विद्यार्थी भित्रको कला प्रस्फुटनमा सहयोगी हुने बताएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =