रिहा भए ज्ञानेन्द्र शाही

 

जेठ २४, काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । 

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरी फुयाँलको संयुक्त इजलासले शाहीलाई रिहा गर्न आदेश दिएको हो । 

null

सर्वोच्चमा अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले शुक्रबार शाहीलाई छाड्न आदेश दिएको हो । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पुर्याएको आरोपमा शाहीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा पत्रकारमाथि मानहानीको अभियोगमा ज्ञानेन्द्र शाही जेठ १६ गते पक्राउ परेका थिए । 

शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *