वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षाको मिति सर्यो

असार ४, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित गरिएको छ ।
शिक्षा मन्त्रालयको निर्देशन बमोजिम प्लस टुको नजिजा नआउँदासम्मका लागि प्रवेश परीक्षा स्थगित गरिएको हो ।
null
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति रौनियारले एमडी, एमएस, एमडीएचएच, एमडीएस, एमएससी र एमएचएचमा प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी दिए ।
प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । त्यो सूचना चिकित्सा शिक्षा ऐनविपरित भएको भन्दै मंगलबाको बैठकमा सांसदहरुले प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न माग गरेका थिए ।
चिकित्सा शिक्षा आयोग गठन भइसकेको अवस्थामा वीपीले एकल रुपमा सूचना जारी गरेको समितिको आरोप थियो ।
कुलपति रौनियारले भने प्रवेश परीक्षाका लागि निकालिएको सूचना पुरानै कानुन अनुसार भएको दाबी गरेका थिए । हाल चिकित्सा शिक्षा आयोगले कुनै निर्णय नगरेका कारण शिक्षा मन्त्रालयको पत्रअनुसार काम अगाडि बढाइएको उनको भनाइ छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगले नै एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने र सोही अनुसार हुने व्यवस्था छ ।








