मोदीको शपथपछि कांग्रेसको आयो यस्तो धारणा


जेठ १७, नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रिपरिषद्का सदस्यहरुले बिहीबार सपथ ग्रहण गरेका छन् ।
सपथ ग्रहण समारोहमा कांग्रेस अध्यक्ष राहुल गान्धी र यूपीए अध्यक्ष सोनिया गान्धी पनि सहभागी भएका थिए ।
null
सपथ ग्रहणपछि कांग्रेसले शुक्रबार देशको विकासका लागि सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखेको छ ।
कांग्रेसले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र उनको क्याबिनेटका मन्त्रीहरुलाई बधाई । हामी उनीहरुलाई शुभकामना दिन्छौँ । साथै भारत र नागरिकको प्रगति र विकासका लागि मिलेर काम गर्नका लागि तयार छौँ ।’
२०१९ को लोकसभा चुनावमा कांग्रेसले अनेपेक्षित हार व्यहोर्नुुपर्यो । लगातार दोस्रो पटक यस्तो भयो कि कांग्रेसका नेता प्रतिपक्षी बन्नका लागि आवश्यक ५५ सिटसम्म पनि मिलेन ।
यस लोकसभा चुनावमा कांग्रेसले मात्र ५२ सिट प्राप्त गर्यो । भाजपाले भने ३०३ सिट प्राप्त गर्यो ।
