एसईईः १६ हजारले ल्याए ‘ए प्लस’

 

असार १२, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १६ हजार ८ सय ८२ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ९ हजार ५ सय ९६ छात्र र ७ हजार २ सय ८६ छात्राले ए प्लस ल्याएका हुन् । 

null

त्यसैगरी ४८ हजार ९ सय विद्यार्थीले ए जीपीए ल्याएको बोर्डले जनाएको छ । २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्राले ए जीपीए ल्याएका हुन् । 

यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्। 

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस (३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा), ९७ हजार २९९ ले सी प्लस (४५ हजार ७८९ छात्र र ५१ हजार ५१० छात्रा) र ९५ हजार २ सय ९ जनाले सी (४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा) ल्याएको बोेर्डले जानकारी दिएको छ । 

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन्, जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन्। 

चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन्। 

बोर्डले २०७५ साल चैत १० गतेदेखि सञ्चालन भएको एसईईको परीक्षाफल आज (बिहीबार) दिउँसो सार्वजनिक गरेको हो 

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट एक लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =