आज एसईईको नतिजा सार्वजनिक हुँदै

भक्तपुर, ११ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । 

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । 

कार्यालयले एक सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =