एन आई सीका ग्राहकलागि खुशीकाे खबर, सी.पी. हस्पिटलमा उपचार गर्दा २०% छुट

 

असार १०, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेड र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुरबीच हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस बैंक र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । 

null

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक  विकास मौनीले हस्ताक्षर गरेका हुन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *