माडीको प्राथमिकताः कृषि र पर्यटन, होटल खोले ५ वर्ष कर नलिने

 

असार ९, चितवन । चितवनको माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति, कार्यक्रम तथा वजेट प्रस्तुत गरेको छ । सोमवार नगरपालिकाको तेश्रो नगर सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निति,कार्यक्रम र वजेट ल्याएको हो । 

माडीले यस पटक पनि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै वजेट ल्याएको छ । सामुहिक खेती प्रणालीलाई प्राथमिकता दिएको माडीले पर्यटन गतिविधी वढाउन होटल तथा रिसोर्ट संचालन गरे ५ वर्ष सम्म नगरपालिकाले कर नलिने भएको छ । निजी क्षेत्रलाई पर्यटन गतिविधीमा सामेल गराई यस क्षेत्रको विकास गर्न होटल र रिसोर्ट स्थापनाको ५ वर्ष सम्म नगरपालिकास्तरीय कर नलिने निति लिईएको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले वताए । 

null

माडीको विकास कृषि र पर्यटनबाट मात्रै संभव छ नगर प्रमुख ढकालले भने ‘पर्यटनलाई प्रत्यक्ष फाईदा पुग्ने गरि संचालन हुने होटल र रिसोर्टलाई प्रदेशवाहेक नगरस्तरीय कर पाँच वर्ष सम्म छुट गरिनेछ’ । त्यस्तै नगरपालिकाले तोकेको जग्गामा होटल र रिसोर्ट संचालन गरे पाँचै वर्षका लागि भाडा समेत नलिने निति अख्तियार गरेको नगर प्रमुख ढकालको भनाई छ । गत आर्थिक वर्षमा व्यक्तीगत रुपमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिईएपनि आगामी आर्थिक वर्षमा सामुहिक खेती गर्ने पशुपालन गर्ने समुहलाई प्राथमिकता दिने भएको छ । 

नगर सभामा उपप्रमुख ताराकाजी महतोले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गरेकी थिईन् । आगामी आर्थिक वर्षका लागि ९२ करोड ७० लाख वरावरको वजेट ल्याईने उपप्रमुख महतोले वताए । 

नगर सभाको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्ज भएर माडी जाने बाटो निर्माणका लागि छलफल भईरहेको वताए । 

निकुञ्ज भित्र तत्कालका लागि आकाशेपुल र अण्डर ग्राउण्ड संभव नभएपनि तत्काललाई पिच गर्ने विषयमा घनिभुत छलफल भईरहेको प्रचण्डको भनाई थियो । सोही क्षेत्रबाट प्रतिनिधी सभा सदस्य समेत रहेका प्रचण्डले माडीको विकासमा आफ्नो ध्यान केन्द्रित रहेको वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *