एसईई दिएर बसेका विद्यार्थीलाई करियर काउन्सेलिङ

 

असार ९, चितवन । पूर्वी चितवनको रत्ननगर जेसिजले एसईई दिएर वसेका विद्यार्थीहरुलाई केन्द्रित गर्दै करियर काउन्सेलिङ कार्यक्रम गरेको छ । 

एसईई पछिको बाटो तय गर्न मदत पुर्याउने उदेश्यले कार्यक्रम गरिएको जेसिजसका कार्यकारी उपाध्यक्ष एवंम् कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए । विभिन्न विद्यालयबाट एसईई दिएर वसेका विद्यार्थीहरु सहभागी कार्यक्रममा क्वेस्ट मोडल कलेजका प्राचार्य जगदिशचन्द्र शर्माले रुची अनुसार विषय लिएर उच्च शिक्षा अध्ययन गर्न सकिने उपायका बारे जानकारी गराउँदै सहजीकरण गरेका थिए । 

null

आगामी भविष्य निर्धारण गर्न स्वयम् विद्यार्थीले रुची अनुसारको विषय लिनु पर्ने उनले वताए । कार्यक्रममा करिव २ सय जना विद्यार्थीहरु सहभागी थिए । उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यले शीप मुलक शैक्षिक कार्यक्रममा विद्यार्थीले आफ्नो रुची वढाउनु पर्नेमा जोड दिए । 

 

विद्यार्थी तान्ने होडवाजी चल्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष आचार्यले विद्यार्थीले आफु भविष्यमा के वन्ने चाहने हो सोही अनुसार विषय लिएर अध्ययन गर्नु पर्ने वताए । 

रत्ननगर जेसिजका अध्यक्ष सुवास पोखरेलको अध्यक्षता तथा नेपाल जेसिज क्षेत्र ख का राष्ट्रिय उपाध्यक्ष कमल भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोर्व्स कलेजका प्राचार्य दिपक गौतम, स्काईराईडर आवासीय माविका प्राचार्य मदन पुरी, सनराईज इग्लिस स्कुलका प्राचार्य राजेन्द्र कोईराला,नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठ, रत्ननगर जेसिज पुर्व अध्यक्ष सुरेशचन्द्र आचार्य, महासचिव प्रदिप अधिकारी , काेषाध्यक्ष हेमराज आचार्य लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =