बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई जना मृत फेला

भरतपुर, २ असार । चितवनमा बसको ढोकाबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । 

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

null

दुई पुरुष मृतावस्थामा फेला चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

यस्तै आइतबार अपराह्न कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०र३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =