अब जुम्लामै एमडिजीपी पढ्न पाइने

 

असार ६, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको छ । 

पश्चिम नेपालकै ठुलो स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति र स्वीकृतिपत्र पाएको हो । 

null

अनुमति पाएसँगै जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ । 

नेपाल मेडिकल काउन्सिलको शुक्रबार बसेको बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमतिरस्वीकृति दिने निर्णय गरेको हो । 

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार हाल काउन्सिलले एमडिजीपीका लागि तीन सिट उपलब्ध गराएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सहजता ल्याउने उनले बताए । 

यसअघि प्रतिष्ठानले नर्सिङको प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराउँदै आएको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय एक सय जना बढी जनशक्ति उत्पादन भइसकेका छन् । 

शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरुवात भएको छ । 

विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति उकास्न सरकारले ठूलो लगानीका साथ वि.सं २०६८ मा जुम्लामा उक्त प्रतिष्ठान स्थापना गरेको थियो । 

प्रतिष्ठानले एक वर्ष अर्थात् २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा सुरुवात गरेको थियो । २०७० सालमा अञ्चल अस्पताल प्रतिष्ठानमा परिणत भएको थियो । 

एक सय शैयाको अस्पताललाई हाल तीन सय शैयामा विस्तार गरिएको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार काफ्लेले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *