एनआईसी बैंक र एपोलो हस्पिटल नयाँदिल्लीबीच स्वास्थ्य सुविधा सम्बन्धी सम्झौता

 

असार ३, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल नयाँदिल्लीबीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा स्वास्थ्य सुविधामा छुट गर्ने लगायतका विषयहरुमा सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार अब एनआइसी बैंकका सम्पूर्ण ग्राहकहरुलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट मिल्ने भएको छ । 

null

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले असाढ दुई गते उक्त सम्झौताबारे जानकारी दिन एक विज्ञप्ति समेत जारी गरेका छन । सम्झौतामा दुई पक्षिय हितलाई ख्याल गरिएको बुझिएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै अघि बढेको सूचना अधिकारीले जनाएका छन । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *