ट्रिपरकाे ठक्करबाट दुईकाे घटनास्थलमै मुत्यु 

 

असार ४ काठमाडाैँ । उदयपुर बेलटार सडक अन्तर्गत चाैडण्डी गडी खण्डमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

बा २ ख ७०९ नम्बरको ट्रिपरले स ४ प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे घटना स्थलमै मृत्यु भएको हो । 

null

 

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा प्रसाद पाैडेले चाैडण्डी गडी नगरपालिका ४ घर हुने ३६ वर्षीय खगेन्द्र राई र साेही घर हुने बर्ष ३५ काे जीवन राईकाे घटना स्थलमै मृत्यु बताए । 

दुर्घटना पछि टिपर चालक भने फरार रहेकाे ईप्रका चाैडण्डीले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *