टस जित्दा व्याटिङ गर्नु भन्ने प्रधानमन्त्रीको आदेश अस्विकार

 

असार १ ।   १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत संसारभर सर्वाधिक चासोका साथ हेरिएको भारत र पाकिस्तानबिचको खेल सुरु भएको छ। 

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नुपर्ने भएको छ। 

null

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि टस जितेको खण्डमा पाकिस्तानको क्रिकेट टोलीलाई पहिले ब्याटिङ गर्न सुझाव दिएका थिए। तर पाकिस्तानी टोलीले टस जितेपनि फिल्डिङ रोजेको छ। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान समेत हुन्। उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो। 

भारत र पाकिस्तान दुवै टोलीले क्रिकेट प्रतियोगिता ठूलो प्रतिष्ठाको विषय बनाउने गरेका छन्। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =