पत्रकारलाई धम्की दिने मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ: महासंघ

 

जेठ २२, काठमाडौं । पत्रकार महासंघ सुनसरी शाखाले पत्रकारलाई धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघले इटहरीका पत्रकार विराट अनुपमलाई ‘तेरो नाकको डाँडी भाँच्न एक करोड छुट्टयाएको छु’ भन्दै धम्की दिने मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको हो । 

null

केही दिनअघि मात्रै वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका मेयर चौधरीले पत्रकार अनुपमलाई फोनबाट ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएको अडियो मंगलबार सार्वजनिक भएको थियो । 

उनले अनुपसँगको फोनमा ‘तिमीले के लेख्न बाँकी राख्या छौ रु तिम्रो नाकको हड्डी भाँच्नका लागि मात्रै मैँले १ करोड छुट्टयाएको छु । तिम्रो नाकको हड्डी भाँच्नलाई मैँले एउटा घडेरी छुट्टयाएको छु । तिम्रो नाकको हड्डी मात्र भाँच्न बाँकी छ कि, अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो नाकको हड्डी भाँचेर मात्र अनि मलाई सन्तोष हुन्छ भाई !’ भन्दै धम्की दिएका थिए । 

उनले पत्रकार अनुपमको फेसबुक स्टाटसमा ‘चाटुकार पत्रकार’, ‘अब तिम्रो पालो’ लेख्दै कमेन्ट गरेका थिए । त्यसपछि अनुपमले फोन गरी किन त्यस्तो कमेन्ट गर्नुभएको भन्दा मेयर चौधरीले उक्त धम्की दिएका हुन् । 

यसअघि पनि उनले पत्रकारलाई दुव्र्यवहार गर्दै लोपारेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *