वेरोजगारलाई अव खैरहनी नगरपालिकाले राेजगार दिने

 

जेठ १७, चितवन । नगर भित्र वेरोजगार भएकाहरुलाई खैरहनी नगरपालिकाले काम दिने भएको छ । 

नगरपालिकाको वेरोजगार सुचीमा सुचीकृत भएका व्यक्तीहरुलाई सार्वजनिक विकास निर्माणको काममा सहभागिता गराउने भएको हो । त्यसका लागि नगरपालिकाले स्थायी वसोवास गर्ने सम्वन्धीत वडामा गई नाम दर्ताका लागि अनुरोध गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । 

null

वेरोजगार सुचीमा सुचिकृत भएका व्यक्तिहरुलाई यही जेठ २१ गते भित्र नाम दर्ताका लागि अनुरोध गरिएको छ । उनीहरुलाई नगरपालिकाको दररेट अनुसार पारिश्रमिक दिईने छ । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार वेरोजगारमा सुचीकृत भएकाहरुले सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा अन्य श्रम प्रधान आयोजनामा काम गर्न पाउनेछन् । 

चालु आर्थिक वर्ष भित्र एक महिनाका लागि उनीहरुले काम गर्न पाउनेछन् । कामको अवधि दैनिक ८ घण्टा तोकिएको छ । जसबाट उनीहरुले दैनिक ६ सय ३० रुपैया प्राप्त गर्नेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत नगरपालिकाले वेरोजगारको सुचीमा नाम दर्ता गराएकाहरुलाई चालु आर्थिक वर्षमा एक महिनाका लागि सार्वजनिक विकास निर्माणको काममा रोजगार दिन लागेको खैरहनीका मेयर लालमणी चौधरीले वताए । 

खैरहनी नगरपालिकामा ८ सय ९१ जनाले वेरोजगारको फारम भरेका छन् । नगरपालिकाको वडा नम्वर ३ मा सवैभन्दा धेरै १६४ जनाले र सवैभन्दा कम वडा नम्वर ८ मा १५ जनाले रोजगारीका लागि निवेदन दिएको नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार १८ देखी ५९ वर्ष उमेर समुहकाले एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारी प्राप्त नगरेको तथा तोकिए वमोजिम आयआर्जन हुने स्वरोजगारमा सलग्न नभएकाले नाम दर्ता गराउन पाउने व्यवस्था अनुसार उनीहरुले वेरोजगारको सुचीमा निवेदन दिएका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *