अमेरिकामा विमान दुर्घटना, विमानमा रहेका सबैको मृत्यु

असार ७, हवाई । अमेरिकाको हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुँदा विमानमा रहेका सवैको मृत्यु भएको छ । 

शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा ९ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। 

हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ । 

null

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । 

खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *