ट्रकको ठक्करबाट नेविसंघका पूर्वसभापतिको मृत्यु
२०७६ असार १० गते

असार १०, काठमाडौं । नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ ।
सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
null
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् । रासस
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








