रेल चढेर फ्रान्स हिँडे प्रधानमन्त्री

 

जेठ २९, काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार रेल चढेर फ्रान्सतर्फ प्रस्थान गरेका छन् । 

लण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रममा सरिक भइ प्रम ओली तीन दिने बेलायत भम्रण सकेर युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै आज दिउँसो फ्रान्सतर्फ प्रस्थान गरेका हुन् । 

null

दूतावासमा उपस्थित सयौं नेपालीलाई सम्बोधन गर्दै उनले बेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान समेत गरेका थिए । 

प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रम ओलीले फ्रान्सको पेरिसमा आफ्ना समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ । उनी जेठ २९ (आज) देखि जेठ ३१ सम्म त्यहाँ रहनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =