मकवानपुरमा बस दुर्घटना : १ को मृत्यु, २१ जना घाइते
२०७६ असार २ गते

हेटौंडा, २ असार । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १ जनाको मृत्यु भए पनि पहिचान खुलेको छैन । दुर्घटनामा २१ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । बसमा ३० यात्रु सवार रहेको बताइएको छ । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।
null
बस मोडबाट तल खसेको छ । बढी गति र मोडका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








