आमाको घर जलाउने छोरा पक्राउ

 

असार ५, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १ मा बिहिबार दिउँसो आफ्नै आमा बस्ने घर माईला छोराले जलाउँदा २० लाखको क्षती भएको छ । 

घरयासी रिसइवीका कारण आमा कुन्तादेवी घिमिरेको घर माईला छोरा माधव घिमिरेले जलाउँदा २० लाख बाराबरको धनसम्पत्ती क्षती भएको हो । 

null

टिनको छना लगाएको माटोले बनेको उक्त एकतले घरमा उनको आमासँगै दाजु भाउजु पनि सँगै बस्दै आईरहेका थिए । 

घर आगलागी भएपछी नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको हो । उक्त घटनामा मानवीय क्षती भने नभएको सैनामैना प्रहरी चौकी ले जनाएको छ । 

प्रहरीका अनुसार हाल घर जलाउने माधवलाई पक्राउ गरी आवश्यक छानबिन भईरहेको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *