विद्युत प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप, पाँच जना घाइते

बारा, २८ जेठ । नेपाल विद्युत प्राधिकरण कलैयामा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच सोमबार झडप भएको छ । झडपका क्रममा विद्युत प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । 

कलैया उपमहानगरपालिका– ९ रामपुरका रामबिहारी राउत अहिर, विरेन्द्र यादव र राजेश यादवको कलैयामा रहेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे तिर हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रीज, पंखा, पानी तान्ने मोटरलगायतका घरायसी विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै उनीहरु विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए । 

 

null

विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय बताए । करिब ४०/५० जनाको संख्यामा पुगेका स्थानीयबासीन्दाले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीहरु माथि आक्रमण गरेका हुन् । 

प्रहरीले तीनजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयामा रहेको विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *