शंखेकिराका कारण २६ रेल प्रभावित भएपछी

 

असार १०, जापान। जापानका मानिसहरुका लागि एक एक सेकेन्ड महत्वपूर्ण छ । कुनै पनि सेवामा ढिलाई हुँदा कम्पनीले सार्वजनिक रुपमा तत्काल माफी माग्नुपर्छ । 

यसपटक दक्षिणी जापानमा बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको आवतजावत प्रभावित भएको छ । जसका कारण करिब १२ हजार यात्री तनावमा परेका छन् । रेलवेले अनुसन्धानको आदेश दिए । एक हप्तापछि एक रिपोर्ट जारी गर्दै यसका लागि शंखेकिरा जिम्मेवार भएको बताइयो । रेलवे अधिकारीले उक्त घटना पहिलो नभएपनि निकै अनौठो भएको बताएका छन् । 

null

थुप्रै स्थानमा मानिसहरु तनावमा देखिएः 

मे ३० तारिखमा बिजुली आपूर्ती ठप्प भएका कारण क्युशु रेलवे कर्पोरेशनको सेवामा असर पर्यो । यसकारण कम्पनीले बाध्यतावश आफ्ना २६ वटा रेलको सेवा बन्द गर्नुपर्यो । यस्तै, केही रेल ढिला गरेर चलेको थियो । उक्त घटनाका कारण थुप्रै स्टेशनमा रेल कुरेर बसिरहेका मानिसहरु तनावमा देखिए । 

कम्पनीका प्रवक्ताले भने, ‘बिजुली आपूर्तीमा आएको यो बाधाका लागि शंखेकिरा जिम्मेवार छ । सुरुमा हामीलाई लागेको थियो कि पावर सिस्टमभित्र जिउँदो किरा छ तर पछि थाहा भयो कि त्यहाँ मरेको शंखे किरा रहेछ ।’ 

स्थानीय मिडिया अनुसार शंखेकिरा भित्र जाँदा बिजुली उपकरणमा शर्ट सर्किट भएको थियो जसका कारण बिजुली आपूर्ति प्रभावित भएको थियो । 

यस्तै रेलवे अधिकारीले यस्तो घटना पहिलो पटक भएको बताएका छन् । उनले भने, ‘थुप्रै पटक हरिण वा अन्य जनावर रेलसँग ठोक्किने गर्दथे जसका कारण हामीलाई धेरै तनाव हुन्थ्यो तर पहिलो पटक एउटा सानो किराका कारण यस्तो समस्या भयो ।’ एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *