चट्याङ र पहिरोले दुईको मृत्यु

 

जेठ १९, मोरङ । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा आइतबार राति चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरी शनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

null

चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन् । 

दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । 

त्यस्तै रोल्पामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ । 

शनिबार दिउँसो ४ बजेदेखि करिब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो । 

अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ । ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए । उनका परिवार भने सकुशल रहेको बताइएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *