आइएमई १९ औं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम

 

जेठ, २९ काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । 

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई हृदयंगम गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो । 

null

‘१९ औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९ औं वार्षिकोत्सवको अवसर पारेर पानी पोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरियो । 

हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरे । 

१९ औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई सधन्यवाद सहित हार्दिक आभार प्रकट गरे ।  ‘ हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं । 

सानो आकारबाट शुरु भएको आइएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आइएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो । यसको श्रेय तपाईंहरू सबैसँग बाड्न पाउँदा हामीलाई निकै खुशी लागेको छ ’ । अध्यक्ष र प्रवन्ध निर्देशकद्वारा आज विहान जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।  

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९ औँ वर्ष सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *