आज भोलि र पर्सि देशको पूर्वी भूभागमा जलसतह उल्लेख्य बढ्ने

काठमाडौं, २७ जेठ । जल तथा मौसम विज्ञान विभागले बाढीको अलर्ट जारी गर्दै आजदेखि तीन दिनसम्म पूर्वी नेपालका विभिन्न नदीहरुमा जल सतह बढ्ने पूर्वानुमान गरेको छ । सो पूर्वानुमान अनुसार आज भोलि र पर्सि देशको पूर्वी भूभागमा पर्ने कन्काई तथा कोशी नदी जलाधार क्षेत्रमा वर्षा भइ जलसतह उल्लेख्य बढ्ने छ । 

 

उच्च बाढीको जोखिम भने नरहेको सो बुलेटिनमा जनाइएको छ । त्यसैगरी कमला, नारायणी, पश्चिम राप्ति, बबई कर्णाली र महाकाली लगायतका यसका शाखा नदीहरुमा भने वहाव सामान्य रहने जनाइएको छ । 

null

पूर्वी मेची, विरिङ्गलगायतमा आज बेलुकादेखि भोलि बिहानसम्म पानीको सतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जनाइएको छ । त्यस्तै पूर्वका कन्काई, मेची र बिरिङ्गका अतिरिक्त पूर्वी भागबाट बहने साना नदीहरुमा जलसतह उल्लेख्य बढ्ने समेत पूर्वानुमान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =