‘विश्वका विश्वविद्यालयहरुबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढ्नुपर्छ’

 

जेठ २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु संवाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिएकी छिन् । 

राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु पनि अघि बढनुपर्ने स्पष्ट पारिन् । 

null

आइतबार राष्ट्रपति भवन शितल निवासमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षालाई समयसापेक्ष र जनमुखी बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने धारणा राखिन् । 

राष्ट्रपति भण्डारीले यो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखी शिक्षाको प्रबद्र्धनमा सघाउने विश्वास पनि व्यक्त गरिन् । उनले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्याउनुपर्ने धारणा राखिन् । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । 

दुई दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिनल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्यातिप्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्नेछन् । 

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति खनियाँले बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =