धरानकाे खस्कँदो ब्यवसाय उकास्नु मेरो योजनाः मान बहादुर दियाली

उद्योगी ब्यापारीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको जेठ २७ गते हुन लागेको निर्वाचनमा बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि. धरान शाखा प्रमुख मान बहादुर दियालीले वाणिज्य तर्फको सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् । निबर्तमान कार्य समिति सदस्य तथा संघको सल्लाहकार समेत रहेर काम गरिसकेका दियालीले पुनः संघको सदस्यमा उम्मेद्वारी दिएका छन् । 

दियालीसँग पुनः संघमा आउन चाहनुको कारण, ब्यवसायीको हक हितका लागि उनले बनाएको योजना र निर्वाचनको तयारीका विषयमा गरिएको छोटो कुराकानीः 

 

null

उद्योग, व्यापार व्यवसाय र उद्योगीहरुको समस्या कुनै एक व्यक्ति वा फर्मले मात्र समाधान गर्न नसकिने रहेछ । संस्थागत रुपमा पहल गर्दा सबैको समस्या समाधान गर्न सकिन्छ । स्पष्ट र उचित नीति निर्माण गरि धरानलाई समृद्ध शहर बनाउन मेरो उम्मेद्वारी हो । 

म बराह विजनेस गु्रप अन्तर्गत विभिन्न व्यवसायिक युनिटहरुमा २५ बर्ष देखी व्यापार व्यवसाय एवम् सामाजिक कार्यक्रमहरुमा सक्रिय छु । यस अघिको मेरो कार्यकाल व्यापार व्यवसाय सँगै सिकाई र अनुभवमा नै खेर गयो । आगामी दिनमा सिकेका कुराहरुलाई संगठीत र संस्थागत रुपमा लैजानका लागि मैले उम्मेदवारी दिएको हुँ । 

उद्योग वाणिज्य संघ सुनसरीमा आवद्ध व्यवसायीहरुसँग आफ्नो उम्मेद्वारीको जानकारी सहित दैनिक भेटघाट भईरहेको छ । भेटघाटका क्रममा उहाँहरुबाट सकारात्मक सहयोग गर्ने प्रतिवद्धता सहित हौसला पाएको छु, दैनिक रुपमा भेटघाट, अन्तरक्रिया र उद्योगी ब्यवसायीका कुरा सुनिरहेको छु । यसले मलाई नयाँ उर्जा पनि दिएको छ । विगतको कार्यकाल जस्तै यसपटक पनि मलाई यहाँका उद्योगी ब्यवसासीले साथ दिनुहुनेछ भन्नेमा विस्वस्त छु । 

कार्यसमितिले गरेका महत्वपूर्ण निर्णयहरुलाई कार्यान्वयन गर्दै सुनसरी उद्योग वाणिज्य संघको हरेक गतिविधीहरुमा मेरो सक्रिय सहभागीता रह्यो । करदाता शिक्षा कार्यक्रम, सि.सिटिभी क्यामेरा जडान, विभिन्न निकायहरुसँग अन्तरकृया, भेटघाट लोकल गाईड पर्यटन प्रवद्र्धन कार्यक्रम, यातायात एवम् ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा सक्रिय सहभागी भएँ । त्यसैगरी प्राविधीक एवम् व्यवसायिक शिक्षा तालिम, निर्वाचन पर्यवेक्षण, समृद्धी आयोजना सञ्चालन बारे अन्तरक्रिया, वाढी पिडितहरुलाई राहत वितरण, स्वास्थ्य सचेतना, प्रादेशीक महोत्सव–२०७४, वासजन्य हस्तकला तालिम, कृषि उत्पादन र आर्गनिक खेती र स्थानीय उत्पादनलाई प्रोत्साहन गरि बजारीकरण एवम् निर्यात प्रवद्र्धनमा सकारात्मक सहयोगी भुमिका रह्यो । एक हिसाबले भन्नुपर्दा मैले मेरो कार्यकालमा संघलाई आफ्नो क्षमता र समयले भ्याएसम्म समय दिएँ । 

धरानको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कदो अवस्थामा छ । विशेष गरि आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्राउन र शान्ती सुरक्षा सहित रात्रीकालीन बजारहरु खुलाउँदा खस्कदो व्यापार व्यवसायलाई माथी उकास्न सहयोग मिल्नेछ । स्थानीय वस्तुगत व्यवसायिक संघ संस्था, संघीय प्रदेश र स्थानीय सरकारसँगको सहकार्य एवम् समन्वयमा निजी क्षेत्रलाई साझेदार संस्थाको रुपमा विकास गरि व्यवसायिक क्षेत्रको समग्र विकासका लागि लगानी मैत्री वातावरणको आवश्यकता रहेको छ । 

उद्योगी व्यवसायको विकास र धरानको समृद्धीलाई व्यवसायीको सम्मान र अधिकारको लागि निरन्तर लागी रहने छु । वैज्ञानिक कर प्रणालीलाई कार्यान्वयन गर्न मेरो महत्वपूर्ण भूमिका रहने छ । उद्योगी व्यापारी, व्यवसायीहरुको सुख दुखःमा मेरो सदैव साथ एवम् समन्वय रहनेछ । साथै धरानको खस्कदै गएको व्यापार व्यवसायलाई माथि उकास्न योजनाबद्ध ढंगले अघि बढ्ने छु ।  

यसपाली पनि वाणिज्य तर्फको सदस्य पदमा उम्मेदवारी दिएको छु । मैले इमान्दारीपूर्वक संघमा रहेर व्यापार व्यवसाय सँगै सामाजिक अभियन्ताको रुपमा काम गरेको छु । यि सबै कुरालाई हेरेर पनि मतदाता महानुभावहरुले मलाई मतदान गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । र, प्रतिवद्धता पनि जनाउँदछु कि म तपाईहरुले दिनभएको मत खेर जान दिने छैन । आफुले अघिल्लो कार्यकालमा हासिल गरेका सिकाई र अनुभवलाई प्रयोग गर्दै उद्योगी ब्यवसायीको व्यवसायीक विकासको लागि प्रतिवद्ध रहनेछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *