बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा ४ घाइते, दुईको अवस्था चिन्ताजनक

 

जेठ २०, काठमाडौं । काठमाडौँको बबरमहलमा जेब्राक्रसिङबाट बाटो काटिरहेका पैदलयात्रुलाई मोटर साईकलले ठक्कर दिँदा चार जना घाइते भएका छन् । 

घाइते चार मध्ये २ को अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार बा ९५ प ९४४१ नम्बरको २ जना सवार मोटरसाइकलले जेब्राक्रसिङबाट बाटो काटिरहेका २ पैदलयात्रुलाई ठक्कर दिएपछी मोटरसाइकल अनियन्त्रित भई भुईमा पल्टिएको थियाे । 

गम्भिर घाईते हुनेमा एक जना पैदलयात्रु र मोटसाइकल चालक रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *