नक्कली चालक पेश गरी घुस लिने प्रहरी प्रमुख जिसी पक्राउ

 

जेठ २२, गैंडाकोट । मंगलबार नक्कली सवारी चालक खडा गरी दोषीलाई उन्मुक्ति दिन खोज्ने एक प्रहरी निरिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसी रहेको छ । 

null

उनले बैशाख ११ मा बोधराज पाण्डेयले चलाएको जिपले पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे मोटर साईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएको थियो । 

महिलाको मृत्यु भएपछी प्रहरी जिसीले पाण्डेसँग रु. १० लाख घुस लिई चालकको पहिचान नुखल्ने भन्दै पाण्डेको ठाउँमा किसुन महतोलाई नक्कली चालक बनाएको आयोगले जनाएको छ । 

उनी विरुद्ध १० लाख रुपैयाँ लिई सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाण सहित उजुरी परेपछी उनलाई पक्राउ गरि अनुसन्धान थालेको आयोगले जानकारी दिएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *