प्रधानमन्त्रीलाई कांग्रेसको व्यंग्यः रेलको टिकट काट्न राखेको पैसा धमिरा लागिसक्यो

 

प्रधानमन्त्रीज्यूले पोहोर साल नै रेल ल्याउँछु भन्नु भएको हो । रेलको टिकट काटौँला भनेर खल्तीमा राखेको पैसामा पनि धमिरा लागिसक्यो । 

अस्ती भर्खर चिनियाँ राजदूतले नेपालमा रेल आउने कुरा त्यति सजिलो छैन, भौगोलिक बनावट, कठिनाइका कारणले भन्नुभएको छ । र कुटनीतिक क्षेत्रमा यसको बारेमा के प्रगति भइरहेको छ ? मन्त्रीज्यूबाट जवाफ पाऊँ । 

null

७ नम्बर प्रदेशको विषयमा र विशेषगरी बझाङ, अछाम र जिल्लामा बजेट पार्नका लागि विशेषत प्रधानमन्त्री मन्त्रीकै जिल्लाको सांसद हुनुपर्ने हो कि ? 

हाम्रो सुदूरपश्चिमको एउटा गीत छः कसैकी चौकनी माला, कसैकी पोत्या नहीँ, कसैकी बास्मती धान, कसैकी कोदा नहीँ । त्यस्तै नै भएको छ ७ नम्बर प्रदेशका लागि । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *