माइक्रोफाइनान्समा कार्यरत सुजाताको विभत्स हत्या

पाँचथर, ४ असार । पाँचथरमा एक युवतीको विभत्स हत्या भएको छ । मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो । गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

 

माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । 

null

फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको छ । यसअघि वैशाख २९ गते हिलिहाङ ४ की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *