पत्रकार बस्नेतमाथी आक्रामण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग

 

असार ६, काठमाडौँ। सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथी असार ५ गते समाचार संकलनका क्रममा भक्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । 

null

 

बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामा सहितका समूहले सांघातिक आक्रमण गरेको उनीहरुको भनाई छ । आक्रमणबाट पत्रकार बस्नेतको टाउको लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । उनको हाल काठमाडौं स्थित् अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ । 

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले पत्रकार बस्नेतमाथि आक्रामण गर्ने मध्ये एकजनालाई पक्राउ गरेको तर मुख्य आक्रमणकारीलाई प्रहरीले पक्राउ नगरेको पनि गुनासो पोखे । 

उनले भने,‘पत्रकारलाई आक्रामण गर्नेहरु माथीको पावरमा सुरक्षित छन् भनिएको छ । हामीले आज मात्रै किटानी जाहेरी दिएका छौं । अब हेरौं, दोषीलाई कारबाही हुन्छ कि हुँदैन् ।’ 

उक्त दिन भएको सांघातिक आक्रमणको अडियो रेकर्डपनि आफूहरुसँग सुरक्षित रहेको बुढाथोकीले जनाए । उनले भने,‘हाम्रो सम्पादक बस्नेतजी समाचार संकलनको क्रममा सांघातिक आक्रमणमा पर्नुभयो । 

त्यति बेला उहाँले घट्नाको सम्पूर्ण कुरा अडियोमा रेकर्ड गराउनुभएको थियो ।’ उक्त घट्नाबारे पत्रकार महासंघले समेत आजमात्रै प्रेस विज्ञप्ती जारी गरेर निन्दा गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *